पहिलो दिन नवलपुर १(क) मा काँग्रेसबाट २७ जना आंकाक्षीको आवेदन

NAWALPUR TIMES

पहिलो दिन नवलपुर १(क) मा काँग्रेसबाट २७ जना आंकाक्षीको आवेदन
1626355011nepali congress flag tree 1

नवलपुर । नवलपुर निर्वाचन क्षेत्र नं. १ (क) को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ काँग्रेसबाट २७ जनाले उम्मेद्वारीका लागि आवेदन दिएका छन् । नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय समिति नवलपुर १ (क) का सचिव परमेश आचार्यका अनुसार आज पहिलो दिन प्रत्यक्ष तर्फ १२ जना र समानुपातिक तर्फ १५ जनाको उम्मेद्वारी परेको छ ।

प्रत्यक्ष तर्फ काँग्रेसका नेताहरु कमलप्रसाद पराजुली, लक्ष्मी अधिकारी, खगराज सापकोटा, तुलसीराम गौतम, गजेन्द्रबहादुर आले, गोकुल सापकोटा, ओमप्रसाद सापकोटा, रविलाल सापकोटा, उदयराज अधिकारी, गोविन्दप्रसाद घिमिरे, होमराज रानाभाट, विष्णुकुमारी कंडेलले उम्मेद्वारीका लागि आवेदन दिएका छन् ।

समानुपातिक तर्फ अमृत श्रेष्ठ, जुना गौतम, शारदादेवी ढकाल, संगिता काफ्ले घिमिरे, चित्रध्वज जिशी, ललित बहादुर श्रेष्ठ, विरेन्द्र चौधरी, पुष्पराज पौडेल, शान्ति न्यौपाने, मुकुन्दप्रसाद पौडेल, अमृत भट्टचन, टोलनाथ घिमिरे, कमलादेवी पौडेल तिवारी, मैना कामी, शारदा विश्वकर्मा लगायतका काँग्रेस नेताले आवेदन दर्ता गराएका हुन् ।

नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय समिति नवलपुर १ (क) ले मंसीर ४ मा हुने निवार्चनमा उम्मेदवार बन्न चाहनेको नाम माग गरेको थियो । सरकारले यही मंसीर ४ गते प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन गर्ने घोषणा गरेको छ । सचिव परमेश आचार्यका अनुसार आवेदन दर्ताका लागि भोली दिउँसो ३ बजेसम्मको समय रहेको छ । यस अघि प्रदेश १(क) का आंकाक्षीमा चर्चामा रहेका नेपाली काँग्रेस नवलपुरका जिल्ला सभापति महेन्द्रध्वज जिशीको नाम भने पहिलो दिन दर्ता भएको छैन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology