पहिरोले दाउन्नेमा ४ घर विस्थापित, पुर्व पश्चिम राजमार्ग एकतर्फी सन्चालनमा

NAWALPUR TIMES

पहिरोले दाउन्नेमा ४ घर विस्थापित, पुर्व पश्चिम राजमार्ग एकतर्फी सन्चालनमा
thumb

कावासोती । नवलपुरको दाउन्नेमा पहिरो जादा ४ घर विस्थापित भएका छन ।

लगातार केही दिन देखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गए पछि पुर्व पश्चिम राजमार्ग र बजारका घरहरुमा चिरा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता सन्तोष पाठकले बताउनु भयो ।

पहिरोका कारण सडक चर्किए पछि पुर्व पश्चिम राजमार्ग एक तर्फी रुपमा मात्रै सन्चालन गरिएको छ भने चर्किएका घरका परिवारका सदस्य र मालसामान सुरक्षीत स्थानमा सारिएको पाठकले बताउनु भयो ।

सम्भावित पहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी गरिएको प्रवक्ता पाठकले बताउनु भयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology