देवचुली महोत्सवमा टिकटमा मनपरी : सय रुपियाको टिकटलाई ३ सय
NAWALPUR TIMES प्रकाशित : २०७८ फागुन २८ गते १०:०८
received 657940021993758
देवचुली – नवलपुरको देवचुली नगरपालिकामा सन्चालन भईरहेको तेस्रो देवचुली महोत्सवमा टिकट दर एकरुपता नभएको भन्दै स्थानीयले चर्को असन्तुष्टि व्यक्त गरेका छन ।
गत फागुन १६ गते देखि सन्चालन भएको तेस्रो देवचुली महोत्सवमा सुरुको दिन देखि फागुन २६ गते सम्म प्रवेश टिकटको मूल्य १०० रुपिया लिने गरिएकोमा शुक्रबार २ सय लिएको र आज शनिबार ३ सय रुपियाको प्रवेश टिकट लाग्ने भनेर प्रचारप्रसार गरिएको छ ।
शनिबारको टिकट दर ३ सय भनेर प्रचारप्रसार भए पछि यस विषयमा कुरा गर्दा देवचुली उद्योग वाणिज्य महासंघका अध्यक्ष रेशमलाल सापकोटाले शुक्रबार केही समय २ सय लिएको तर आफुहरुले थाहा पाए पछि सय नै कायम गरिएको र आज शनिबार पनि टिकटको दर सय नै हुने बताए । “हिजो प्राविधिक कुराले त्यस्तो भयो आज हुदैन टिकट दर सय रुपिया नै हो”, सापकोटाले बताए । आयोजक र ठेकेदार बिच समन्वयमा कमि भएकाले समस्या आएको बताउदै सापकोटाले अब त्यस्तो नहुने बताउछ्न । सापकोटाले यस्तो बताईरहदा शनिबारको टिकटको प्रचारप्रसार भने ३ सय लाग्ने भएको स्थानीयहरु बताउछ्न ।
।उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य एवं जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचनले टिकट मूल्य त्यसरी बढाईएको भए त्यो गलत भएको बताए । जिल्ला भित्र मेला महोत्सव गर्दा एउटा मापदण्डमा टिकट लिने गरिएको हुन्छ त्यो भन्दा बाहिर गएर टिकट शुल्क बढाउन नपाईने भट्टचन बताउछ्न ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे सँग यस विषयमा कुराकानी गर्दा आफु यो विषयमा जानकार नभएकोले थप बुझ्ने बताए ।
Facebook Comment