तनहुँ २(ख) मा मगर उम्मेदवारको चर्चा, थापाले टिकट पाउने सम्भावना

NAWALPUR TIMES

तनहुँ २(ख) मा मगर उम्मेदवारको चर्चा, थापाले टिकट पाउने सम्भावना
received 1138011490132776

तनहुँः तनहुँको प्रदेश क्षेत्र २(ख)मा कांग्रेसका तर्फबाट मगर समुदायबाट उम्मेदवारीको चर्चा चलिरहँदा कसले टिकट पाउला भन्ने आँकलन भैरहेको छ । कांग्रेसले गठबन्धनको साथमा चुनाव लड्ने तयारी गरेको क्षेत्र २ अन्र्तगतको सो प्रदेश क्षेत्रमा मगर समुदायको बाहुल्यता छ । यस्तोमा पार्टी जिल्ला सभापति जीतप्रकाश आले र महाधिवेशन प्रतिनिधि चामबहादुर थापाको नाम चर्चामा छ ।
जिल्ला सभापति आले यस अघि नै प्रतिनिधि सभा सदस्यमा चुनाव लडिसकेकाले उनले प्रदेशमा चुनाव नलड्ने बताएका छन् । यस्तोमा विगतको स्थानीय चुनावमा मगर समुदायबाट प्रतिनिधित्व नभएको भन्दै विद्रोहमा उत्रिएका संविधान सभासद झुलबहादुर आलेसहितको समूहदेखि अन्य नेताले समेत मगर समुदायबाट प्रदेशमा प्रत्यक्ष टिकट दिइनुपर्ने बताइरहेका छन् । नेतृतृत्वसमेत सकारात्मक बनेको यो विषयमा टिकट पाउनेमा थापा प्रबल दाबेदार देखिएका हुन् । झुलबहादुरले समानुपातिकमा इच्छा देखाए पनि उनको नाम आएन । यस अघि ऋषिंगको अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका श्रीराम आलेलाई पार्टीले कारबाही गरेको छ । जिल्ला सभापति नलड्दा मगर समुदायबाटै महाधिवेशन प्रतिनिधि थापालाई टिकट दिइनुपर्ने माग उठेको छ । तनहुँ २(क) माओवादीलाई दिने चर्चा छ । २(ख) मा गठबन्धनभित्र अनि बाहिरसमेत चाम थापाले मिलाउन सक्ने चर्चा छ । गठबन्धनलाई नै सहयोग हुने हिसाबमा थापाको उम्मेदवारी उचित भएको क्षेत्रीय प्रतिनिधि शिवहरि धिताल बताउँछन् ।
विद्रोही समूहका झुलबहादुर आलेसमेतले प्रदेशको टिकट थापालाइ दिएमा साथ रहने बताइसकेका छन् । यस्तोमा पार्टी नेतृत्वसमेत उनको नाममा सकारात्मक बनेको चर्चा चलेको छ । बोहराटारमा भएको एक छलफल तथा राजधानीका केन्द्रीय नेतृत्वको छलफलमा समेत थापाको विषयमा सकारात्मक चर्चा चलेको निकट श्रोतको भनाइ छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology