कावासोतीको गैंडा तालमा डुबेर २० वर्षीया महिलाको मृत्यु

NAWALPUR TIMES

कावासोतीको गैंडा तालमा डुबेर २० वर्षीया महिलाको मृत्यु
Dead 1561007018

कावासोती । पुर्वी नवलपरासीमा तालमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

कावासोती नगरपालिका वडा नं. ८ मा रहेको गैँडा तालमा डुवेर २० वर्षिया शिला घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रवक्ता सन्तोष पाठकले जानकारी दिए ।

कावासोती नगरपालिका वडा नं. ८ शान्ति टोल घर रहेकी मृतक घिमिरे बुधबार राती १० बजेको समयमा घरबाट हिडेको र खोजी गर्ने क्रममा बिहिबार बिहान ११ बजे गैंडातालमा डुबेको अवस्थामा फेला परेको पाठकले बताए ।

मृतकको शव पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाईएको र घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology