नवलपुरबाट मोटरसाइकल चोरीमा संलग्न गिरोह पक्राउ

NAWALPUR TIMES

नवलपुरबाट मोटरसाइकल चोरीमा संलग्न गिरोह पक्राउ
एआईबाट बनाईएको काल्पनिक तस्बिर

कावासोती । नवलपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने तथा चोरीको मोटरसाइकल खरिद गर्ने पाँछ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोटरसाइकल चोरी गर्ने बुलिङटार गाउँपालिका–३का सन्देश काफ्ले, उज्ज्वल थापा, देवचुली–१७ का मनोहर तामाङ र चोरीको मोटरसाइकल खरिद गर्ने देवचुली-१३ का पुकार तामाङ रहेका छ्न । चोरीको मोटरसाइकल खरिद गर्ने एक जना नाबालक रहेकाले प्रहरीले परिचय खुलाएको छैन ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी अनिल पण्डितका अनुसार जिल्लाका विभिन्न स्थानमा रातिको समयमा पार्किङ गरी राखिएका दुईपाङ्ग्रे सवारीसाधन चोरी गर्ने तथा चोरीका मोटरसाइकल खरिद–बिक्री गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई चोरी भएका सवारीसाधनसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकामाथि नवलपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी चोरी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले अनुसन्धानका क्रममा बरामद भएका दुई वटा मोटरसाइकल मध्ये बा ४२ प ६११६नम्बरको १५० सिसिको पल्सर र अर्को ना ३३ प ७११२ नम्बरको १२५ सिसिको होन्डा ग्लामर वास्तविक धनी अझै पहिचान हुन नसकेको जनाएको छ।

प्रहरीले सम्बन्धित मोटरसाइकलका धनीहरूले आवश्यक कागजातसहित जिल्ला प्रहरी कार्यालय नवलपुरमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology