दुम्कीवास- त्रिवेणी सडकका लागि ३ करोड बजेट

दुम्कीवास- त्रिवेणी सडकका लागि ३ करोड बजेट

कावासोती । गण्डकी प्रदेशको भारतिय सिमानासंग पहुच रहेको एक मात्र सडक दुम्कीवास त्रिवेणी सडकका लागि ३ करोड रकम विनियोजन भएको छ ।

यो सडक हेर्ने सडक डिजिन भरतपुर कार्यालयले दिएको जानकारी अनुसार दुम्कीवास त्रिवेणी सडक निर्माणकालागि वातावरणी प्रभाव मुल्यांकनको काम अघि बढेको छ । असार दोश्रो साता भरतपुरमा सम्पन्न रास्वपाको पहिलो अधिबेशनमा आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले यो त्रिवेणी सडकको काम चाडो अघि बढाउन चासो ब्यक्त गरेका थिए ।

पूर्वी नवलपरासी क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभा सदस्य मनिष खनालले यो सडक निर्माण गर्ने योजना सरकारको प्राथामिकतामा रहेको सुनाए । यो वर्षको वजेटमा ३ करोड रकम बिनियोजन भैसकेको छ उनले भने त्यहाको इआइएको रिर्पोट आउनासाथ सडक निर्माणले गति लिन्छ ।

बिनयी त्रिवेणी गाउपालिकाका वडा नम्बर ६ र ७ भारतिय सिमानासंग जोडिएको त्रिवेणीधाममा पर्दछ । त्रिवेणीधाममा रहेका ति दुबै वडाका बासिन्दा बिनयी त्रिवेणी गाउपालिकाको आफनै कार्यालयमा आउन लुम्वीनी प्रदेशको सुस्ता , बर्दघाट दाउन्ने हुदै दुम्कीवास आउन पर्ने बाध्यता रहेको छ ।

त्रिवेणीधामवाट सोझै उत्तरमा पर्ने दुम्कीवास आउजाउ गर्न करिब २२ किलोमिटर सडक निर्माण नभएका कारणले उनिहरुले गत १२ वर्षदेखि सास्ती भाग्दै आएका छन । तत्कालिन कांग्रेस एमालेको सरकारले त्रिवेणी दुम्कीवास सडक निर्मँणमा चासो नदेखाएका कारण अघिल्लो साता त्रिवेणीका बासिन्दाले आफुहरु लुम्विनी प्रदेशको सुस्ता गाउपालिकामा गाभिन पाउ भनेर निबेदन दिएका छन ।

गण्डकी प्रदेशको त्रिवेणीधामलाई लुम्विनी प्रदेशको सुस्तामा गाभ्ने भन्ने नै हुदैन त्यस क्षेत्रका प्रतिनिधि सभा सदस्य मनिष खनालले भने यो ०८३ सालवाट नै त्रिवेणी दुम्कीवास जोडने सडक निर्माणकोकाम अघि बढछ ।

०६० सालमा त्रिवेणी स्थित गजेन्द्रमोक्षधामका पिठाधिस स्वामि कमलनयन आचार्यले श्रमदान गराएर त्यो २२ किलोमिटर लामो त्रिवेणी दुम्कीवास सडक छिचोलेका थिए ।

बिनयी त्रिवेणी गाउपालिकाका अध्यक्ष घनश्याम गिरीले त्यहाको २२ किलोमिटर सडक खण्ड मध्ये अब ८ किलोमिटर सडक छिचोल्ने काम सम्पन्न हुन बांकि रहेको टेलिफोनमा जानकारी दिए । त्रिवेणीधामका रहेका २ वटा वडामा करिब ९ हजार जनसंख्या रहेको छ ।

त्रिवेणीमा इलाका प्रशासन कार्यालय राख्न पहल

सांसद खनालले त्रिवेणीकालागि छुटटै इलाका प्रशासन कार्यालय र मालपोत कार्यालय समेत स्थापना गरेर त्यहाका नागरिकलाई घर दैलोमै सेवा दिने ब्यबस्थाकालागि आफनो पहल जारी रहेको दावी गरे । “नागरिकलाई चाहिने सबै सेवा कार्यालय त्रिवेणीमै स्थापना हुन्छ”, सांसद खनालले भने, “यहाँको ऐतिहासिक भूमि त्रिवेणीधाम कहि कतै गाभ्ने गल्ति गरिदैन । सेवा त्यहि दिने हो कतै अन्यत्र जाने भन्ने नै हुदैन”, खनालले भने । त्यसकालागि मैले काम गरिहरेको छु खनालले भने चाडै रिजल्ट देखिने छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology