चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव

NAWALPUR TIMES

चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव

कावासोती । नवलपुरको कावासोती २ भाटटोला बेल चोक स्थित नवदुर्गा रंगशाला खेल मैदानमा चैत्र २६ गतेदेखि बैशाख ७ गतेसम्म आदिवासी जनजातिको तेस्रो नवलपुर महोत्सव हुने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ नवलपुरको आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवको आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम हुने नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा आदिवासी जनजातिका मौलिक घरहरु, खानाका स्टलहरु, प्रदर्शनीका साथ व्यपारिक स्टलहरु गरी २ सय बढी स्टल रहने छन् ।
उद्घाटनको दिन कावासोतीको फलफूल चोक अहिंसा पार्कबाट शोभा कलश यात्रा निकालिने आयोजकले जनाएको छ ।

महोत्सवमा लण्डन ब्रिज, आइफल टावर लगायत पनि रहने छ । महोत्सवमा साढे २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको आयोजकले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology