नवलपुर २ मा रास्वपाका २६ वर्षिय जेन्जी युवा खनाल विजयी

नवलपुर २ मा रास्वपाका २६ वर्षिय जेन्जी युवा खनाल विजयी

नवलपुर । नवलपुर जिल्लाको क्षेत्र नम्बर २ मा २६ वर्षिय जेन्जी युवा मनिस खनाल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महतलाई पराजित गरेका हुन् ।

खनालले ४१ हजार ३ सय ४७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी महतले १५ हजार ७ सय ५५ मत प्राप्त गरे। खनालले २५ हजार ५ सय ९२ मतको अन्तरमा महतलाई हराएका हुन् । खनालले हराएका महत यस अघि २०७४ सालमा यसै क्षेत्र बाट निर्वाचित सांसद पनि हुन् । महत लगातार तेस्रो पटक प्रतिस्पर्धामा थिए ।

यस अघि महत २०७९ सालमा नेपाली काँग्रेसका बिष्णु कुमार कार्कि संग पराजित भएका थिए । यो पटकको निर्वाचनमा यो क्षेत्रमा कांग्रेस तेस्रो भयो । काँग्रेसका ओम बहादुर घर्तिले १४ हजार ७ सय १३ मत प्राप्त गरे ।

बि.स. २०५६ सालमा काठमाडौमा जन्मिएका खनालको बाल्यकाल मध्यबिन्दु नगरपालिका वडा नम्वर ६ मा बित्यो । यहिंको नवजागरण माध्यमिक विद्यालय चोरमारा बाट एस एल सि उतिर्ण गरेका खनालले सेन्ट जेभियर्स कलेज बाट प्लस टु गरेका हुन् । उनले नेपाल क्याम्पस बाट बिए एलएलबी उतिर्ण गरेका छन् । हाल उनी पोलोटिकल साईन्समा स्नातकोत्तर अध्ययनरत छन् । रास्वपाका निवर्तमान सांसद असिम शाहको स्वकिय सचिव भएर काम गरेका खनालले रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह संग निकट रहेर उनी काठमाडौको मेयर लड्दा उनको अभियानमा समेत सक्रियता पुर्वका लागेका थिए ।

खनालले जेन्जी आन्दोलनको राप र ताप को परिणाम बाट यो निर्वाचन संभब भएकाले सोही भावना अनुसार आफुले काम गर्ने बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology