कावासोती । नेपाली कांग्रेस नवलपुर क्षेत्र २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ओमबहादुर घर्तीले प्रतिबद्धता पत्र निर्माणका लागि सुझाव संकलन थालेका छन् ।
उम्मेदवार घर्तीले सामाजिक सञ्जालमार्फत प्रतिबद्धता पत्र निर्माणका लागि सार्वजनिक रुपमा सुझाव आह्वान गरेका हुन् । ‘आगामी पाँच वर्षका लागि नवलपुर २ को विकाश निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, धार्मिक क्षेत्रको संरक्षण, वन तथा वातावरण, रोजगार सृजना, औद्योगिक क्षेत्र, नारायणी नदि तटबन्ध र व्यवस्थापन, मध्यवर्ती क्षेत्र र निकुञ्ज, सूचना प्रविधि लगायतका क्षेत्रमा गर्नुपर्ने काम र आवश्यक अमूल्य सुझाव अपेक्षा गरेको छु,’ उनले भनेका छन् ।
उम्मेदवार घर्तीले सबै नागरिकले सुझाव दिन सक्ने भन्दै अनलाइन तथा भौतिक दुवै माध्यमबाट सुझाव लिईरहेको बताए । उनले भने, ‘ नवलपुर क्षेत्र नम्बर २ का जनताको साझा उम्मेद्बारको रुपमा मैदानमा उत्रिएकाले नागरिकको चाहनाअनुसार अघि बढ्न सुझाव संकलन थालेको हुँ ।’
उम्मेदवार घर्तीले विभिन्न क्षेत्रका विशेषज्ञता प्राप्त क्षेत्रसँग भेटघाट गरेर समेत सुझाव संकलन गरिरहेका छन् । नागरिक तहबाट प्राप्त सुझाव र विज्ञहरुको प्रतिक्रियाका आधारमा आगामी योजना समेत सार्वजनिक गर्ने तयारी भैरहेको उनको सचिवालयले जनाएको छ ।
लोकतन्त्रवादी आदिवासी जनजाती महासंघका केन्द्रिय अध्यक्ष समेत घर्ती नेपाली काङ्ग्रेस भित्र सभापति गगन कुमार थापा र उपसभापति विश्व प्रकाश शर्मा निकट रहेर काम गरेका नेता हुन ।
Facebook Comment