कावासोती । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भोलि शनिबार मंसिर २७ गते नवलपुरको कावासोतीमा बृहत एकता सन्देश सभा गर्ने भएको छ। बिहान ११ बजे कावासोती–८ स्थित फलफूलचोक नजिकैको शहीद पार्कमा हुन लागेको हाे ।
सभा तयारी तीव्र गतिमा भइरहेकाे नेकपा नवलपुरले जनाएको छ। पार्टीका केन्द्रीय सदस्य धनप्रसाद सापकोटाका अनुसार केन्द्रदेखि प्रदेश र जिल्ला तहसम्मका नेताहरू सहभागी हुने र विभिन्न कार्यक्रममार्फत पार्टी एकताको सन्देश देशभर पुर्याउने रणनीतिअनुसार नवलपुरमा पनि यो सन्देश सभा आयोजना गरिएको हो।
नेता सापकोटाका अनुसार भोलिको कार्यक्रम थकालीचोकबाट सुरु हुने बाजा–गाजा, झाँकी र र्यालीसहितको जुलुसले शहीद पार्क पुगेर सभामा परिणत हुनेछ।
र्यालीमा स्थानीय टोल–टोलका जनसमूह, युवा स्वयंसेवक, महिला संगठन, जनवर्गीय संगठन र विभिन्न जनसङ्घ–सङ्गठनहरू सक्रिय रूपमा सहभागी हुने नेकपा नवलपुरले जनाएको छ।
हालै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत आठ वटा कम्युनिष्ट घटकहरूबीच भएको एकतापछि नवलपुरमा पहिलोपटक आयोजना गर्न लागिएको ठूलो संयुक्त सभा भएकाले यसले संगठनात्मक उत्साहलाई थप बलियो बनाउने अपेक्षा आयाेजकले बताएकाे छ
सापकोटाले भने, “कम्युनिष्ट घटकबीच पुनः एकता भएको सन्देश जनतामा पुर्याउने र राष्ट्रिय राजनीतिक स्थिरतामा पार्टीको भूमिकाबारे जनतालाई विश्वास दिलाउने उद्देश्यले यो सभा अत्यन्त महत्वपूर्ण छ।”
नेकपाले आन्तरिक एकतासँगै फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर एकता सभा, अन्तर्क्रिया र जनसंपर्क अभियान सक्रिय रूपमा अघि बढाएको छ।
।
पार्टी स्रोतका अनुसार सभामा केन्द्रीय नेतासहित केन्द्रीय समिति, प्रदेश समिति र विभिन्न जनवर्गीय संगठनका प्रमुख नेताहरूको उपस्थिति रहने छ।
Facebook Comment