कावासोती । नवलपुरकाे देवचुली नगरपालिका १ स्थित देवी गैरा सामुदायिक वनमा सालनाल सहितकाे नवजात शिशु मृत अवस्थामा फेला परेका छन् ।
आईतबार दिउँसाे पाैने ४ बजेतिर देवचुली नगरपालिका १ देवी गैरा सामुदायिक वन नजिकै सडकको छेउमा सालनाल सहितको नवजात शिशु (छोरा) मृत फेला परेकाे नवलपुर प्रहरीले जनाएकाे छ ।
तन्नामा पोको पारी फालेको अवस्थामा मृत फेला परेको भनि स्थानीय मार्फत जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रजहरकाे टाेली घटनास्थल पुगेर अनुसन्धान थालेकाे प्रहरीले जनाएकाे छ ।
घटना स्थल इलाका प्रहरी कार्यालय रजहरबाट अन्दाजी ४/५ किलाेमिटर दक्षिण पश्चिममा रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित : २०८२ साउन १२ गते १७:३२
Facebook Comment