यू–१९ क्रिकेटः नेपालले अफगानिस्तानसँग खेल्ने

NAWALPUR TIMES

यू–१९ क्रिकेटः नेपालले अफगानिस्तानसँग खेल्ने
nepal v srilanka u19

कावासोती । नेपाली यू–१९ क्रिकेट टोलीले अफगानिस्तानको युवा टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ ।

अफगानिस्तानको यू–१९ टोली सिरिज खेल्न नेपाल आउन लागेको नेपाल क्रिकेट संघ (क्यान) द्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

क्यानका अनुसार माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने उक्त सिरिज आगामी चैत २१ गतेदेखि सुरु हुनेछ । तीन खेलको उक्त सिरिजअन्तर्गत पहिलो खेल चैत २१ गते हुनेछ । त्यसैगरि दोस्रो खेल चैत २४ तथा तेस्रो खेल चैत २७ गते हुनेछ

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology