नारायणी नदी किनारमा तीन जनाको शव फेला

NAWALPUR TIMES

नारायणी नदी किनारमा तीन जनाको शव फेला
narayani nadi1623818124

कावासोती । नारायणी नदी किनारमा ३ जनाको शव फेला परेको छ। पूर्व नवलपरासीस्थित गैँडाकोट नगरपालिका–१ मजुवा सामुदायिक वन नजिकै नदी किनारमा तीन जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार मंगलबार (आज) साढे बिहान १० बजेको समयमा त्यहाँ २ जना पुरुष र एक महिलाको शव फेला परेको हो।

अन्दाजी ६० र ४५ वर्षीय पुरुष र अन्दाजी ४५ वर्षीया महिलाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।

माछा मार्न गएका केही व्यक्तिहरुले तीन शव देखेपछि प्रहरीमा खबर गरेका थिए। शवको प्रकृती हेर्दा अन्तबाट बगाएर ल्याएको हुनसक्ने प्रहरीको भनाइ रहेको छ। उक्त घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology