समयमा डार्ट गर्ने टोली नबोलाउदाँ मध्यविन्दुमा आतंक फैलाएको चितुवाको स्थानियको आक्रमणण्मबाट मृत्यु

NAWALPUR TIMES

समयमा डार्ट गर्ने टोली नबोलाउदाँ मध्यविन्दुमा आतंक फैलाएको चितुवाको स्थानियको आक्रमणण्मबाट मृत्यु
448764756 763176259355850 2482185395046199536 n

कावासोती । बिहिबार बिहान मध्यविन्दु नगरपालिकाको वडा नं ८ मा ६ जनालाई घाईते बनाएको चितुवा मृत फेला परेको छ ।

बिहिबार बिहानै मध्यविन्दु ८ देवकोटा टोल बस्ने रामबहादुर खत्रीको घरमा अकस्मात पसेको चितुवाले घरबाट बाहिर निस्कने क्रममा ६ जनालाई घाईते बनाएको थियो । चितुवाको आक्रमणबाट मध्यविन्दु ८ का देवा ठकुरी, सुनिल जैसवाल, रुपा कुमाल, अमृत चौधरी, रोशन कुमाल, अमृत महतो घाईते भएका उनीहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भैरहेको नवलपुर प्रहरीले जनाएको छ । चितुवाको आक्रमणबाट स्थानियलाई बचाउने क्रममा एक जना सशस्त्र प्रहरी समेत घाईते भएका छन ।

७ जनालाई घाईते बनार्ईएको उक्त चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय कावासोतीका प्रमुख बसन्त केशव अधिकारीले बताए । स्थानिय रामबहादुर खत्रीको घरमा पसेको बेला डार्ट गरेर उक्त चितुवा नियन्त्रणमा लिन सकिने अवस्था भएको भए पनि जिल्लामा डार्ट गर्ने टोली नहुदाँ चितुवा घरबाट निस्किएर भाग्ने क्रममा स्थानियको आक्रमणबाट मरेको अधिकारीले बताए ।

जंगलमा अरुनै जनावर सँग लडेर घाईते भएको चितुवा बस्ती प्रवेश गरेर स्थानियलाई आक्रमण गरेर भाग्ने क्रममा स्थानियको आक्रमणबाट मारिएको अधिकारीको भनाई थियो । चितुवालाई पोस्टमाटम गरेर गाडिने र घटनाको विषयमा अनुसन्धान गरिने अधिकारीले बताए ।

अधिकारीले स्थानियको कारणले चितुवा मरेको बताई रहदाँ समयमै चितवनको सौराहाबाट र्डाट गने टोली बोलाउन डिभिजन वनले समन्वय नगर्दा घटना घटेको स्थानियहरु बताउछन । “घर भित्र रहेको अवस्थामा त्यो चितुवालाई थुनेर राखेर डार्ट टोली बोलाउने तर्फ डिभिजन वनले आवश्यक समन्वय गरेन ।”, नाम नबताउने सर्तमा एक जना स्थानियले टेलिफोन कुराकानी भने ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology