गण्डक ब्यारेजबाट खसेर बालिकाको मृत्यु

NAWALPUR TIMES

गण्डक ब्यारेजबाट खसेर बालिकाको मृत्यु
ghandak 80

कावासोती ।नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-७ त्रिवेणीस्थित गण्डक ब्यारेज पुलबाट नारायणी नदीमा खसेर एक बालिकाको मृत्यु एको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी निवासी चन्दन गुप्ताकी १३ वर्षीया छोरी आँचल गुप्ताको नारायणी नदीमा डुबेर मृत्यु भएको हो।

पुलमा खेल्ने क्रममा उनी एक्कासी नदीमा खसेका थिए। उनको स्थानीय र प्रहरीले उद्दार गरी उपचारका लागि भारतको सुरबी मेडिकल कियरमा लगिएकोमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।

बालिकाका बुवाले बालिकाको शव पोष्टमार्टम गर्न नपर्ने भनेपछि मृतकका परिवारले शव बुझेर दाहसंस्कारका लागि लगेको प्रहरीले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology