गृहमन्त्रीको राजीनामा माग्दै कावासोतीमा नेविसंघको राँके जुलुस

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ १४ गते २०:४४
गृहमन्त्रीको राजीनामा माग्दै कावासोतीमा नेविसंघको राँके जुलुस
IMG 20240527 WA0002

नारायण शर्मा, कावासोती। सहकारी ठगीमा मुछिएका गृहमन्त्रीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघले सदरमुकाम कावासोतीमा अहिले राँके जुलुससहित विरोध प्रर्दशन गरेको छ ।

राँके जुलुसमा सहकारी ठगी काण्डमा सम्लग्न गृहमन्त्रीको राजीनामा माग्दै सरकार विरुद्ध नाराबाजी गरेका थिए । साँझ सवा ७ बजे कावासोतीको इन्द्रचोकबाट सुरु भएको राँके जुलुसमा विद्यार्थीले सरकार विरुद्ध नाराबाजी गरेका थिए ।

सहकारी ठगीमा संलग्न गृहमन्त्री राजीनामा दे, संसदीय छानविन समिति गठन गर, गिरीबन्धु टि-स्टेटको छानविन गर, भ्रष्टाचारी सरकार राजीनामा दे ! जस्ता नारा लगाएका थिए । इन्द्रचोकबाट सुरु भएको जुलुस जिल्ला प्रहरी कार्यालय अघिल्तिरबाट फलफुल चोकसम्म पुगेको थियो ।

नेविसंघ लुम्विनी कजेलद्वारा आयोजित राँके जुलुसपछि प्रर्दशनकारीले प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेका थिए । नेविसंघका जिल्ला अध्यक्ष हरी सुवेदीले गृहमन्त्रीविरुद्धको प्रर्दशन जिल्लाका मुख्य सहरमा आयोजना गरिने जानकारी दिए ।

संसदीय छानविन समिति गठन र गृहमन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ ।

प्रकाशित : २०८१ जेठ १४ गते २०:४४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI