अत्रौलीटारमा ईलाका प्रशासनको काम अगाडी बढाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

NAWALPUR TIMES

अत्रौलीटारमा ईलाका प्रशासनको काम अगाडी बढाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र
1715601661547

कावासोती । नवलपुरको बुलिङ्गटार-६ को अत्रौलीटारमा ईलाका प्रशासन कार्यालय स्थापनाको काम अगाडी बढाईदिन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार ज्ञापनपत्र बुझाईएको छ ।

दुई वर्ष अगाडी स्थानीयको मागअनुसार नै जिल्ला प्रशासन कार्यालयले इलाका प्रशासन कार्यालय खोल्नुपर्ने ठाउँको छनोट गरेर गृह मन्त्रालय पठाईएको भए पनि काम अगाडी नबढेको भन्दै बुलिङ्गटार -६ का वडा अध्यक्ष मोहनराज पाठकले काम अगाडी बढाईदिन माग गर्दै प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाईएको जानकारी दिए । प्रधानमन्त्री दाहाललाई सोमबार चितवनमा भेटेर ज्ञापनपत्र बुझाईएको वडा अध्यक्ष पाठकले बताए ।

पहाडका दुर्गम बुलिंटार, बौदीकाली र हुप्सेकोट गाउँपालिकाका सर्वसाधारण नागरिकतालगायत कागजात बनाउन ५० किलोमिटर टाढाको कावासोती पुग्नुपर्ने बाध्यता छ । दुर्गम पहाडका नागरिकलाई प्रशासन कार्यालयबाट हुने सेवाका लागि घण्टौं टाढाको कावासोती पुग्नुपर्ने बाध्यताबाट छुटकारा पाउन दुर्गममै इलाका प्रशासन कार्यालय स्थापना गर्न सर्वदलीय सहमति गरेर गृह मन्त्रालयमा लेखेर पठाइएको भए पनि हाल सम्म प्रक्रिया समेत अगाडी बढेको छैन ।

नागरिकता बनाउन घण्टौं लगाएर सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको भन्दै तीन दशकभन्दा बढी समयदेखि दुर्गमका बासिन्दाले पहाडमा इलाका प्रशासन कार्यालय खोल्न माग गरेका थिए । यहाँका पहाडी गाउँपालिका बौदिकाली, बुलिङटार र हुप्सेकोटका स्थानीयलाई कच्ची सडक हुँदै सदरमुकाम कावासोतीसम्म आउन निकै कष्टकर छ । यहाँका दलहरूको सहमतिमा जिल्ला प्रशासन कार्यालयले बुलिङ्गटार गाउँपालिका ६ अत्रौलीमा प्रशासन कार्यालय स्थापना गर्न गत २०७८ फागुन १५ गते सिफारिस गरेको थियो ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology