मध्यविन्दु चनौटेको सुर्खा जंगलमा लागेको आगो बस्तीमा पस्दा ठूलो क्षति

NAWALPUR TIMES

मध्यविन्दु चनौटेको सुर्खा जंगलमा लागेको आगो बस्तीमा पस्दा ठूलो क्षति
435465430 740396604911848 2766356391058794565 n

कावासोती । मध्यविन्दु नगरपालिका वडा नं १४ को चनौटे र सुर्खा जंगलमा लागेको आगो बस्तीमा पस्दा ठूलो क्षती भएको छ । जंगलमा लागेको आगो फैलिएर गाउँ पसे पछि ठूलो क्षती भएको हो ।

आगलागी बाट चनौटे तर्फ नवल सिंह ढेंगाको ढुङगा माटो र टिनले छाएको दुईतले कच्चीघर,गोठ सुंगुरको खोर,लत्ताकपडा भाडावर्तन र नगद रु,१,६०,००० रुपिया, भोगीराम ढेगांको ढुङगा माटो र टिनले छाएको दुइतले  घर गोठ सुंगुरको खोर,लत्ताकपडा भाडावर्तन र ४ वटा कुखुरा, टेक बहादुर क्षेत्रीको ढुङगा माटो र टिनले छाएको घर गोठ, सुंगुरको खोर,लत्ताकपडा भाडावर्तन, तीनवटा बाख्रा र भान्सा घर, कर्म सिहं सोमैको ढुङगा माटो र टिनले छाएको घर गोठ सुंगुरको खोर,लत्ताकपडा भाडावर्तन, खेम बहादुर बारघरेको  बाख्रा गोठ, लत्ताकपडा  अन्नपात,हस्त बहादुर ढेगांको बाख्रा गोठ,लत्ताकपडा  अन्नपात, श्रीलाल सोमै  को बाख्रा गोठ,लत्ताकपडा  अन्नपात पुर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए ।

यसै गरि उनका अनुसार आगलागीबाट सुर्खा तर्फ टेक बहादुर सोमै मगरको जिल्ला नवलपरासी मध्यबिन्दु न.पा.१४ सुर्खा गाइ र बाख्रा गोठ लत्ताकपडा, कमानसिंह  सोमैको गाईगोरुको गोठ,लत्ताकपडा र अन्नपात, थबेल सिंह लम्काको गाई बाख्राको गोठमा आगलागि हुदा १ वटा गोरु, बाख्रा ३वटा, र भैसी १ वटा, रण बहादुर सोतीको गाई बाख्रा को गोठ र आइतसिंह सोमैको गाई बाख्रा को गोठ जलेर नष्ट भएको हो ।

यस्तै आगलागी निभाउने क्रममा  ज्ञानज्योती प्रा.वि.का शिक्षक गंगा प्रसाद घिमिरेको दुबै हात जलेको र उनको अवस्था सामान्य रहेको  तथा स्थानिय मेडिकलमा उनको उपचार भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतीको पुर्ण विवरण आईनसकेको र आगलागी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology