पूर्वी चितवनको खैरहनीमा मोटरसाइकलले च्यापिएको अवस्थामा एक पुरुष मृत फेला

NAWALPUR TIMES

पूर्वी चितवनको खैरहनीमा मोटरसाइकलले च्यापिएको अवस्थामा एक पुरुष मृत फेला

कावासोती । चितवनको खैरहनी नगरपालिका–१० कठारस्थित भित्री सडक खण्डमा मोटरसाइकलले च्यापेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान पौने ६ बजे ना ४५ प ७७९८ नम्बरको मोटरसाइकलले खुट्टा च्यापिएको अवस्थामा खैरहनी–१० बस्ने ३४ वर्षीय दिलिप चौधरी मृत फेला परेका हुन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology