घनश्याम बगाले, कावासोती । कावासोती मा जारी राष्ट्रिय जिएम कप भलिवलकाे फाईनलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
मंगलबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लवले सशस्त्रकाे एपिएफ क्लबलाई हराउदै जिएम कपको उपाधि हात पारेकाे हाे ।
खेलकाे सुरूवाति सेट नेपाल पुलिसले २४ विरुद्ध २६ स्काेर सहित जितेकाे थियाे भने, दाेश्राे सेटमा एपिएफले २१ विरुद्ध २५ स्काेर साथ खेललाई बराबरी पार्न सफल रह्यो ।
तेस्रो सेटमा पुलिसले एपिएफलाई २५/२१ मा पछाडि पार्दा, चाैथाे सेटमा एपिएफले २५/ २१ कै स्काेरमा जित निकालेर खेल बराबरीमा पुर्याएको थियो ।
बेष्ट अफ फाईभकाे अन्तिम सेटमा एपिएफलाई १५/१२ काे स्काेरमा पछाडि धकल्दै नेपाल पुलिस क्लव जिएएम कपकाे विजेता बनेकाे हाे ।
फाईनल खेलकाे नतिजासंगै जितमा पुरापुर आशावादी बनेकाे सशस्त्र प्रहरीकाे एपिएफ क्लवले उपबिजेताकाे उपाधिमा चित्त बुझाएको छ ।
यसै बिच प्रतियोगिताको तेश्राे स्थानको उपाधि गण्डकीले जितेको छ ।
गण्डकीले २५/१७,२५/१८ र १५/ ११ स्काेरकाे जित निकालेकाे थियाे ।
साेही खेलमा त्रिभुवन आर्मी क्लव भने पहिलाे र तेस्रो सेेट २५/१७ र २५/१५ स्काेरमा सिमित रहन गयाे ।
यहि फागुन ६ गतेबाट जिएम समाज नवलपुरकाे आयाेजनमा संचालित जिएम कप आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताकाे याे पहिलाे संस्करण हाे ।
जि एम कप उपाधि बिजेता प्रथम द्वितीय र तृतीय हुने समूहले शिल्ड, मेडलर प्रमाणपत्र सहित २ लाख १ लाख र ५० हजार क्रमशः हात पारेकाछन ।
जिए कप उपाधि बिजेता समूहलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक घिसिङले पुरस्कार प्रदान गर्दै आयाेजक जिएएम समाजलाई धन्यवाद दिएका छ्न ।
प्रकाशित : २०८० फागुन ८ गते १९:१३
Facebook Comment