घनश्याम बगाले, कावासोती । कावासोतीमा जारी प्रथम जिएम कप आमन्त्रित भलिबल खेलमा नेपाल पुलिस र एपिएफ फाइनल पुगेकाछन् ।
तेस्राे दिन साेमवारकाे पहिलाे सेमिफाइनल खेलमा पुलिसले गण्डकी प्रदेशलाई २५/१७,२५/११ र २५/२१ काे जित निकाले थियाे ।
साेही खेलमा गण्डकीले २५/२१ काे १ सेटमात्र हात पार्न सफल भयाे । गण्डकीलाई हराए संगै नेपाल पुलिस क्लवले फाईनल यात्रा तय गरेकाे हाे ।
त्यसै गरि नेपाल आर्मी क्लव र एपिएफ बिचकाे खेलमा एपीएफले आर्मी लाई २५/१७,२५/१४र २५/१९ काे साेझाे सेटमा हराउदै फाईनल पुगेकाे हाे ।
मंगलबार गण्डकी र आर्मी बीच थर्ड प्लेस र एपीएफ र पुलिस फाईनल भिड्नेछन् ।
सम्पन्न खेलमा पुलिस क्लवका बिनय चन्द र एपिएफका लाेकेन्द्र गिरी म्यान अफ दि म्याच घाेषित भए ।
प्रकाशित : २०८० फागुन ७ गते १८:२४
Facebook Comment