आईपीएल अक्सनमा परेनन् नेपाली खेलाडी

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर २६ गते ८:२७
आईपीएल अक्सनमा परेनन् नेपाली खेलाडी
IPL Auction

कावासोती । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को अक्सनमा नेपालबाट कुनै पनि खेलाडी समावेश भएका छैनन् ।

बीसीसीआईले सोमबार अक्सनका लागि सार्वजनिक गरेको ३३३ खेलाडीको सूचीमा नेपाली क्रिकेटरको नाम छैन ।पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय स्तरमा लगातार सफलता हात पारिरहेको र भारत र पाकिस्तान जस्ता टिमसँग एसिया कप, इमर्जिङ एसिया कप अनि एसियन गेम्समा भारतसँग खेलेकाले नेपालबाट केही खेलाडी अक्सनमा पर्ने आशा थियो ।

तर कुनै पनि खेलाडी समावेश भएनन् ।यस पटक एसोसिएट राष्ट्रबाट जम्मा दुई खेलाडी मात्र अक्सनको सूचीमा छन् । जसमा नामिबियाका डेविड वाइजा र नेदरल्याण्ड्सका पउल भान मिकेरेन छन् ।

३३३ मध्ये २१४ भारतीय खेलाडी छन् भने ११९ विदेशी खेलाडी छन् । अक्सनबाट बढीमा ७७ खेलाडी मात्र लिलामी हुनेछन् । जसमा ३० विदेशी खेलाडीको कोटा रहेको छ ।

आईपीएल २०२४ का लागि अक्सन डिसेम्बर १९ मा दुबईमा हुनेछ ।

प्रकाशित : २०८० मंसिर २६ गते ८:२७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI