अष्ट्रेलिया विरुद्धको टी–२० श्रृंखला भारतलाई

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर १८ गते ७:५३
अष्ट्रेलिया विरुद्धको टी–२० श्रृंखला भारतलाई

कावासोती । अष्ट्रेलिया विरुद्धको टी–२० क्रिकेट श्रृंखला भारतले जितेको छ । पाँचौँ तथा अन्तिम खेलमा ६ रनको रोमाञ्चक जित हासिल गरेसँगै भारतले ५ खेलको श्रृंखला ४–१ ले जितेको हो ।

बेंगलुरुमा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा १६० रन बनायो । श्रेयस एय्यरले ३७ बलमा ५३ तथा अक्षर पटेलले २१ बलमा ३१ रन बनाए ।

जवाफमा अष्ट्रेलियाले ८ विकेटको क्षतिमा १५४ रन बनायो । बेन म्याकडर्मोटले ३६ बलमा ५४ रन बनाए । मुकेश कुमारले ३ तथा अर्शदीप सिंह र रवि विश्नोईले २–२ विकेट लिए । प्लेयर अफ द म्याच अक्षर पटेलले १ विकेटसमेत लिए । श्रृंखलामा ९ विकेट लिएका रवि विश्नोई प्लेयर अफ द सिरिज भए ।

प्रकाशित : २०८० मंसिर १८ गते ७:५३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI