विश्वकप क्रिकेट : आज सेमिफाइनलमा भारतको सामना गर्दै न्युजिल्यान्ड

NAWALPUR TIMES

विश्वकप क्रिकेट : आज सेमिफाइनलमा भारतको सामना गर्दै न्युजिल्यान्ड
ind nz

कावासोति । एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनल आज हुँदैछ।

पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले भारतको सामना गर्दैछ। घरेलु मैदानमा जारी विश्वकपमा भारत अपराजित एउटै मात्र टिम हो। पहिलो सेमिफाइनल आज  दिउँसो २ः१५ बजे भारतको वनखडे स्टेडियममा हुँदैछ ।

यो विश्वकपका नौ वटा खेलमा भारतले अब्बल प्रदर्शन गरेको छ। उसले शतप्रतिशत जित आफ्नो पक्षमा पारेको छ। भारतको बलिङ र ब्याटिङ उत्तिकै चुस्त देखिन्छ।  न्युजिल्यान्ड चार खेलमा पराजित हुँदै रनरेटको आधारमा सेमिफाइनल खेल्न पुगेको हो।

पहिलो सेमिफाइनल भारतसँग खेलेर न्युजिल्यान्ड फाइनल पुग्ने तयारीमा छ। एउटा पनि खेल नगुमाएको भारत आफ्नै भूमिमा विश्वकप उपाधि उचाल्ने सुन्दर सपनासहित खेलिरहेको छ।

दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गर्दैछ। यो प्रतिस्पर्धा बिहीबार इडन गार्डेनमा हुँदैछ। विश्वकप २०२३ को फाइनल  मंसिर २ गते हुनेछ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology