विश्वकपमा छनोट हुन जित्नै पर्ने दबाबमा नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक १७ गते ८:२०
विश्वकपमा छनोट हुन जित्नै पर्ने दबाबमा नेपाल
Cricket Team Nepal 1697698087

कावासोती । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्न मैदान उत्रिँदा नेपाल जितसहित विश्वकपमा छनोट हुने लक्ष्यमा हुनेछ ।

नेपालले यसअघि पहिलो र अन्तिम पटक सन् २०१४ मा भएको ट्वान्टी–२० विश्वकप खेलेको थियो । त्यसयता विश्वकपका तीन संस्कण सम्पन्न भए पनि नेपालले छनोट चरण पार गर्न सकेको थिएन ।

यसअघि गत संस्करणका लागि भएको छनोटमा यूएई नै बाधक बनेपछि नेपालको सम्भावना समाप्त भएको थियो ।

सन् २०२२ को फेब्रुअरीमा ओमानमा भएको आईसीसी ट्वान्टी–२० विश्वकप क्वालिफायर ‘ए’ फाइनल पुग्ने दुई टिमले विश्वकप खेल्ने प्रावधान थियो ।

नेपाल समूह ‘बी’ को सबै खेल जित्दै विजेताको रूपमा सेमिफाइनल आएको थियो । यूएई भने समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम चारमा आएको थियो । र, नेपाललाई ६८ रनले हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।

प्रकाशित : २०८० कार्तिक १७ गते ८:२०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI