एकै परिवारको चारजनाको शव फेला

NAWALPUR TIMES

एकै परिवारको चारजनाको शव फेला
woman dead body

कावासोती । मुगुमा एकै परिवारको चारजनाको शव फेला परेको छ ।

मुगुको छाँयानाथरारा नगरपालिका–६ मन्दुका श्रीदवी बोहरासहित उनका तीन छोराछोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

डीएसपी थापाका अनुसार उनीहरूको हत्याको आशंका गरिएको छ ।

मृतकहरूमा २८ वर्षीय श्रीदेवी उनका ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अफ्सरा र आठ महिनाका रहरको शव फेला परेको हो ।

श्री देवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहेको खुलेको छ । घटनास्थल पुगेका डीएसपी थापाको टोलीले अनुसन्धान सुरु गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology