विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकाको सामना गर्दै

NAWALPUR TIMES

विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकाको सामना गर्दै
South Africa BJTCleJiW8

कावासोती । भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत आज पाकिस्तानले दक्षिण अफ्रिकाको सामना गर्दैछ ।

पाकिस्तान र दक्षिण अफ्रिकाबीचको खेल चेन्नईस्थित एमए चिदमबरम स्टेडियममा नेपाली समयअनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ ।

जारी विश्वकपमा पाकिस्तान र दक्षिण अफ्रिकाले छैटौँ खेल खेल्दैछन् । दक्षिण अफ्रिकाले यसअघि खेलेका पाँचमध्ये ४ खेलमा जित हात पार्दा एक खेलमा पराजय भोगेको छ ।

पाकिस्तानले भने २ खेल जित्दा ३ खेलमा हार भोगेको छ ।

८ अंक जोडेको दक्षिण अफ्रिका तालिकाको दोस्रो स्थान छ भने केवल ४ अंक जोडेको पाकिस्तान भने पाँचौँ स्थानमा छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology