कावासोती । पत्रकार सीता शर्माको निधन भएको छ । शर्माको ३२ वर्षको उमेरमा मंगलबार निधन भएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीकी सदस्यसमेत रहेकी शर्माले १० दिनअघि काठमाडौं मेडिकल कलेज (केएमसी) मा छोरीलाई जन्म दिएकी थिइन् ।
’प्रेसर लो’ भएर अक्सिजनको मात्रा कम भएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिएको थियो । अवस्था सामान्य भएको ८ दिनपछि शर्मालाई काठमाडौंबाट रामग्राम नगरपालिका–१ परासीस्थित घरमा लगिएको थियो । मंगलबार दिउँसो स्वास प्रस्वाससँगै मुटु दुख्न थालेपछि परासीस्थित जिल्ला अस्पतालबाट थप उपचारका लागि बुटवल मुटु अस्पताल पुर्याइएकी शर्माको अस्पतालमै निधन भएको हो ।
प्रकाशित : २०८० कार्तिक ८ गते १८:२२
Facebook Comment