साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा

NAWALPUR TIMES

साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा
nepal baharain

कावासोती । मलेसियामा जारी एसीसी यू१९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा तीनवटै खेलमा विशाल जित हासिल गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।

आज भएको साउदीअरबविरुद्धको खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै ३०१ रनको जित निकाल्यो । ब्याटिङमा ओपनर अर्जुन कुमालले १४२ रनको किर्तिमानी इनिङ खेले भने बलिङमा दीपेश कँडेलले फेरि एकपटक ५ विकेटको सफलता पाए । एकपक्षीय खेलमा कुनै पनि क्षण साउदीअरबले नेपाललाई चुनौति दिन सकेन ।

नेपालले टस हारेर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३४७ रनको विशाल स्कोर खडा गरेको थियो । जवाफमा साउदी अरब ४६ बलमै अलआउट भयो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology