आइसीसी विश्वकप क्रिकेटः आज भारत र बङ्गलादेश भिड्दै

NAWALPUR TIMES

आइसीसी विश्वकप क्रिकेटः आज भारत र बङ्गलादेश भिड्दै
1697691807 ind ban 1200x560 1

कावासोती । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज भारत र बङ्गलादेशबीच खेल हुँदैछ। पुनेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।

रोहित शर्माको कप्तानीमा रहेको भारत अङ्क तालिकाको दोस्रो स्थानमा छ। आजको खेलमा जित हात पार्दै भारत तालिकाको शिर्ष स्थानमा उक्लन चाहन्छ भने शाकिब अल हसनको कप्तानीमा रहेको बङ्गलादेश आजको खेलमा जित हात पार्दै माथि उक्लन चाहन्छ।

भारत र बङ्गलादेश हालसम्म विश्वकप क्रिकेटमा ४ पटक आमनेसामने भएका छन्। जसमा भारतले ३ पटक जित हात पारेको छ भने सन् २००७ को विश्वकप क्रिकेटमा भारत पराजित भएको थियो।

तर, पछिल्लो समय खेलिएको ४ एकदिवसीय म्याचमा भने बङ्गलादेशले भारतलाई कडा टक्कर दिएको छ। जसमा एसियन कप क्रिकेटमा बङ्गलादेशले भारतलाई ६ रनले पराजित गरेको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology