एमाले गण्डकीमा पीएस पक्षघरको वर्चस्व(मत परिणाम सहित)

NAWALPUR TIMES

एमाले गण्डकीमा पीएस पक्षघरको वर्चस्व(मत परिणाम सहित)
Nabaraj Sharma UML Gandakli

कावासोती । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट प्रदेश कमिटीको पदाधिकारीहरूमा उपमहासचिव पृथ्वीसुब्बा (पीएस) गुरुङ पक्षको प्यानलै विजयी भएका छन्

स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका उम्मेदवारलाई पराजित गर्दै पीएस पक्षका उम्मेदवार विजयी भएका हुन् ।

पीएस पक्षका नवराज शर्माले  खगराज पक्षका मायानाथ अधिकारीलाई पराजित गरेका हुन् । नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गरे ।

शर्माको प्यानललाई उपाध्यक्ष विष्णु पौडेल–उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहको साथ थियो भने अधिकारीको प्यानललाई महासचिव शंकर पोखरेल–स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षधरले साथ दिएका थिए । तर चुनावी प्रतिस्पर्धामा शंकर पोखरेल–खगराज अधिकारी पक्षका मायानाथ अधिकारीको प्यानलले नराम्रो हार व्यहोरेको छ ।

उपाध्यक्षमा पीएस पक्ष प्यानलकै मीनप्रसाद गुरुङ विजयी भएका छन् । गुरुङले ५ सय ३४ र उनका प्रत्याशी खगराज पक्षका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे ।

सचिवमा पीएस पक्षका धनन्जय दवाडीले ५ सय २० मत लिएर विजयी भए । सचिवका अर्का उम्मेदवार रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरे ।

उपसचिवमा पीएस पक्षका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्याशी सन्तोष रावलले ३ सय ९७ मत ल्याए ।

उपसचिव महिलातर्फ पीएस पक्षकी मञ्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा खगराज पक्षकी मिना गुरुङले ३ सय ६५ मत ल्याइन् ।

पीएस र खगराज पक्ष अधिवेशनमा प्यानलै बनाएर निर्वाचनमा होमिएका थिए । अधिकांश सदस्यमा पनि पिएस पक्ष विजयी भएका छन् ।

बिहीबार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो । ३३ वटा विद्युतीय मेसिनमार्फत मतदान भएको थियो ।

यस्तो छ १६२ पदका लागि भएको निर्वाचन परिणाम

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology