नारायणीमा हाम फालेर महिलाको ज्यान गयो

NAWALPUR TIMES

नारायणीमा हाम फालेर महिलाको ज्यान गयो
1502625467 NarayaniFlood

चितवन । चितवनको नारायणी पुलबाट नदीमा हाम फालेर एक महिलाको ज्यान गएको छ ।

आज बिहान करिब ७ः४० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको उपचारको क्रममा ज्यान गएको हो ।

उनलाई नदीमा हाम फालेको देखेपछि प्रहरीले अचेत अवस्थामा उद्धार गरेको थियो ।

अन्दाजी ४५ वर्षकी महिलाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा बिहान साढे ८ बजे ज्यान गएको चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

उनको पहिचान भने अझै नखुलेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology