समाचार प्रभाव : नियम उल्लंघन गर्ने सवारी साधन कार्वाहीमा पर्दै

NAWALPUR TIMES

समाचार प्रभाव : नियम उल्लंघन गर्ने सवारी साधन कार्वाहीमा पर्दै
1688927919813

कावासोती । नारायणघाट डण्डा रुटमा चल्ने सार्वजनिक यातायातमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले अनुगमन गर्दै सवारी नियम उल्लंघन गर्ने सार्वजनिक यातायातलाई कार्वाही गरेको छ ।

यस रुटमा चल्ने सार्वजनिक यातायातले सवारी नियम उल्लंघन गरी निर्धारित भाडादर टाँस नगरेको, यात्रुलाई मर्यादित व्यवहार नगरेको, सम्बन्धित रुट बाहेक अन्य गन्तव्य समेतको बोर्ड राखि यात्रुहरु लाई झुक्याउने गरेको विषयमा नवलपुर टाईम्समा गत बुधबार र शनिबार समाचार प्रकाशन भएको थियो ।

समाचार प्रसारण भए सँगै जिल्ला ट्राफिक कार्यालय नवलपुरले आईतबार कावासोतीको हल चोकमा गरेको चेकजाँचको क्रममा २१ वटा यात्रुबाहक सवारी साधनहरुलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जानकारी दिएको हो ।

पुर्व पश्चिम राजमार्ग को नारायणघाट देखि डन्डा सम्म चल्ने अधिकांश सार्वजनिक यातायातले आफ्नो अगाडीको भागमा राखेको सूचनाले अधिकांश यात्रुहरु झुकिने गरेका छन भने यातायातका कर्मचारीको असभ्य व्यवहार, सिट संख्या भन्दा धेरै अर्थात खुट्टा टेक्न नमिल्ने गरेर यात्रु खादने, बालबालिका र पोशाकमा भएका विद्यार्थीलाई सिटमा बसेर यात्रा गर्न नदिने जस्ता कारणहरुले यो रुटका यातायातमा यात्रागर्ने यात्रुलेहरुले सास्ती भोग्दै आउनु परेको छ ।

यसै बिच जिल्ला ट्राफिक कार्यालय नवलपुरले यात्राका क्रममा समस्या परेमा यात्रुहरुले १००, १०३, ९८५७०४८८९८ नम्बरहरुमा सम्पर्क गरेर आफ्नो समस्या तथा गुनासो टिपाए मा प्राप्त गुनासा र समस्याहरुको समाधानका लागी तत्काल पहल गर्ने जनाएको छ  ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology