गोरखामा जन्ती सवार जिप दुर्घटना, पाँचजनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० असार ८ गते ८:३०
गोरखामा जन्ती सवार जिप दुर्घटना, पाँचजनाको मृत्यु

काठमाडौं । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चारजना पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता लिलाराज लामिछानेले बाह्रखरीलाई जानकारी दिए ।

उनका अनुसार मृतकको पहिचान हुन बाँकी छ । तीनवटा गाडीमध्ये एउटा गाडी दुर्घटना भएको उनले बताए । दुलाहा र दुलही भने दुर्घटना भएको गाडीमा सवार थिएनन् ।

जिप शहीद लखन–३ पात्लेखोला भन्ने स्थानमा दुर्घटना भएको हो । “हामी अहिले हटनास्थलमै छौँ,” उनले भने, “उद्धार र पहिचानको काम भइरहेको छ । थप क्षति के कति भयो विवरण आउन बाँकी छ ।”

जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना भएको प्रवक्ता लामिछानेले जानकारी दिए । दुर्घटना भएको जितमा कति सवार थिए यकिन नभएको तर १८ देखि २० जना सवार रहेको जानकारी आएको उनले बताए ।

प्रकाशित : २०८० असार ८ गते ८:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI