कावासोति । नारायणी नदीमा डुबेर शुक्रबार मध्याह्न चितवन देवघाटमा एकजना भारतीय तीर्थयात्रुको निधन भएको छ । मृत्यु हुनेमा भारत अयोध्याका २२ वर्षका प्रदीप शर्मा रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
भारतीय नम्बर प्लेटको युपी ६२ एपी ९६९६ नम्बरको बस चढेर आएका ५० जना तीर्थयात्रु शुक्रबार दिउँसो १ बजेतिर स्नान गर्न देवघाट नारायणी नदीमा गएका थिए । त्यो बेला बगेका शर्माको साढे १ बजेतिर नदीमा शव फेला परेको डिएसपी पण्डितले बताए ।
प्रकाशित : २०८० असार १ गते १७:३४
Facebook Comment