खुकुरी हानेर प्रेमिकाको हत्या

NAWALPUR TIMES

खुकुरी हानेर प्रेमिकाको हत्या

संखुवासभा — संखुवासभा-खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा एक युवकले प्रेमिकाको हत्या गरेका छन् ।

सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय नन्दराम गदालले शुक्रबार बिहान सोही गाउँ घर भई खाँदबारी–१ बस्ने २१ वर्षीया युना दर्नालको हत्या गरेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

खुकुरी प्रहार गरी प्रेमिकाको हत्या गरी गदालले हत्या आफ्नो पनि छातीमा खुकुरी प्रहार गरेका छन्। गम्भीर घाइते उनको जिल्ला अस्पतालमा खाँदबारीमा उपचार भइरहेको छ। गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको प्रहरीले जनाएको छ।

स्थानीयवासीका अनुसार गएराति दुवैजना दर्नालको डेरामा बसेका थिए। बिहान घटना थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology