घडियाल संरक्षणका लागी घडियाल काव्य उत्सव

NAWALPUR TIMES

घडियाल संरक्षणका लागी घडियाल काव्य उत्सव
336712262 1452804605458761 6357325581663039786 n

कावासोती :  लोपोन्मुख अवस्थामा रहेको घडियाल संरक्षणका लागी पूर्वी नवलपरासीमा काव्य उत्सव हुने भएको छ । पूर्वी नवलपरासीको देवचुलीमा रहेको रेडियो ह्याप्पी एफ एम १०३.८ ले घडियाल काव्य उत्सवको दोस्रो संस्करणको आयोजना गर्न लागेको हो ।

पर्यटकीय गाँउ पिप्रहरमा यहि वैशाख २२ र २३ गते आयोजना गरिएको घडियाल काव्य उत्सवको दोस्रो संस्करणमा महानायक राजेश हमाल, डब्लु डब्लु एफ नेपालका प्रमुख डा. घनश्याम गुरुङ, पूर्व मन्त्री एवम् पानी विज्ञ गणेश शाह, वर्ड लाइफ ईन्टरनेशनल एसिया पार्टनरसिप म्यानेजर डा. हुम गुरुङ, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल पुर्जा मगर, गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जि.सी सहित मध्य नेपालका १८ जना साहित्यकारहरु अतिथि वक्ता तथा वाचकको रुपमा रहने एफ एमका प्रबन्ध निर्देशक दिपेश कडरियाले जानकारी दिनु भयो ।

उहाँका अनुसार काव्य उत्सवमा संकटमा घडियाल, लोभदेखि लोपसम्म, वेग र भेगको दोसाँधमा नारायणी, शिक्षाको संरक्षण कि संरक्षणका लागि शिक्षा, चराचरमा चरा, नवलपुरमा राष्ट्रिय निकुञ्ज आवश्यता कि बाध्यता, प्रकृतिसँग साहित्य र शीरको गाथा तीरको व्यथा शीर्षकमा अतिथि वक्ताहरु सँग प्यानल बहस तथा मध्य नेपालका १८ साहित्यकारहरुले जैविक काव्य वाचन गर्नेछन ।

मानव र वन्यजन्तु बिचको द्धन्दका कारण विश्वबाटै लोप हुने अवस्थामा पुगेको अति संकटापन्न घडियाल गोहीको संरक्षणका लागि काव्य उत्सव आयोजना गर्न लागिएको बताउदै निर्देशक कडरियाले पर्यापर्यटन, जैविक विविधता, दिगो पर्यटन, संरक्षण र सम्बद्र्धनका विविध आयामहरुलाई समेट्दैे पिप्रहरमा दुई दिनसम्म काव्य उत्सवको आयोजना गरिएको जानकारी दिनु भयो । घडियाल संरक्षणको मुख्य सन्देश बहस तथा काव्य वाचनबाट दिदै नेपाली साहित्यको श्रीवृद्धि र सम्वद्र्धनमा टेवा दिन, ओझेलमा परेका साहित्यकारलाई एउटै थलोमा जोड्ने वातावरण बनाउन र नयाँ पुस्तालाई साहित्यको क्षेत्रमा थप अगाडि ल्याउने वातावरणको सिर्जना गर्ने कार्यक्रमको लक्ष्य रहेको उहाँको भनाई थियो ।

यस अघि गत २०७५ मा अति संकटापन्न जीव घडियाल गोहीको साहित्य मार्फत संरक्षणको सन्देश दिनका लागि ‘प्रकृतिसँग साहित्य’ भन्ने मूल नारासहित घडियाल काव्य उत्सव पहिलो संस्करण आयोजना गरेको एमएमले घडियाल काव्य उत्सवको दोस्रा संस्करणको आयोजना गरेको हो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology