भारतिय ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु

NAWALPUR TIMES

भारतिय ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु
Accident sketch1614604753

कावासोती-

नवलपुरमा भारतिय ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । जिल्लाको देवचुली नगरपालिका वडा नं २ दुम्कौलीमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको एच आर ३८ टी ७७१५ नं को भारतिय ट्रकको ठक्करबाट ५५ वर्षीय डालीमाया दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीकासूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनु भयो ।

बिहिबार बिहान अन्दाजी ९ः५० बजेको समयमा साईकलमा यात्रा गर्दै गर्नु भएकि डालीमाया ट्रकको ठक्करबाट घाईते भएपछी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डन्डा पठाईएको थियो । उपचारको क्रममा उहाँको निधन भएको पाठकले बताउनु भयो ।

ठक्कर दिने ट्रकका चालक र ट्रकलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रजहरमा राखिएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology