गण्डकी प्रदेशमा १४औँ चरणको हात्तीपाइलेविरुद्धको औषधी सेवन अभियान सञ्चालन गरिँदै

NAWALPUR TIMES

गण्डकी प्रदेशमा १४औँ चरणको हात्तीपाइलेविरुद्धको औषधी सेवन अभियान सञ्चालन गरिँदै
hattipailye nFitGFSNR5

नेपालमा सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य तथा रणनीति अनुरूप नेपाल सरकारद्वारा सबै हात्तीपाइले रोग प्रभावित जिल्लाहरूमा यस रोगलाई जनस्वास्थ्यको समस्याको रूपमा रहन नदिन, आम औषधी सेवन अभियान कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये लमजुङ, पर्वत र बागलुङ गरी ३ जिल्लामा १४औँ चरणमा राष्ट्रिय हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा स्वास्थ्य सेवा विभाग स्तरको निर्णयअनुसार फाल्गुण ११ गते देखि औषधी सेवन कार्य सञ्चालन हुँदैछ ।

जस अन्तरगत आम औषधी सेवनका लागि लमजुङ जिल्लामा जम्मा १ लाख ४९हजार ५ सय २१ जना, पर्वत जिल्लामा १ लाख २८हजार ८ सय ७४ जना तथा बागलुङ जिल्लामा २ लाख ४६ हजार ६ सय ४६जना गरी जम्मा ५ लाख २५ हजार ४१ जनालाई औषधी खुवाउने लक्ष्य रहेको छ ।

गण्डकी प्रदेशका सामुदायिक जनस्वास्थ्यको सुनिश्चितताका लागि उल्लेखित जिल्लाका सबै राजनैतिक दल, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्वास्थ्य कार्यालयहरू, अस्पतालहरू, स्थानीयतहहरु, सरकारी तथा गैर सरकारी संस्था, निजी क्षेत्र र सरोकार निकाय र आम नागरिक तथा सञ्चार माध्यमबाट सूचना सम्प्रेषण तथा प्रभावकारी वातावरण सिर्जना गरी नजिकका बुथ केन्द्रमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी सेवन गरी राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानलाई सफल बनाउन समन्वय र सहकार्यका लागि गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले  अनुरोध गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology