काठमाडौं । कप्तान लिओनल मेसीले एक गोल गर्नुका साथै अर्को गोलका लागि असिस्ट गरेपछि अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले पराजित गर्दै फिफा विश्वकप २०२२ को नकआउटचरणमा पुग्ने सम्भावना कायमै राखेको छ ।
लुसेस स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।
समूह सी मा साउदी अरेबियासँग पहिलो खेलमा हार बेहोरेपछि जित्नैपर्ने दबाबमा रहेको अर्जेन्टिनाले मेक्सिकोविरुद्ध पहिलो हाफमा खासै मुभ बनाउन सकेन ।
तर दोस्रो हाफमा मेसी चम्केपछि अर्जेन्टिना विजयी भयो ।
खेलको ६४ औं मिनेटमा एन्जल डि मारियाको पासमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
प्रकाशित : २०७९ मंसिर ११ गते ९:५७
Facebook Comment