के हो यौन लत ? यसबाट कसरी छुटकारा पाउने ?

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २९ गते २१:५५
के हो यौन लत ? यसबाट कसरी छुटकारा पाउने ?

नवलपुर । कुनै पनि चिजको लत एक किसिमको मानसिक विकृति हो । यसैगरी यौनको लत अर्थात् बार-बार यौनको बारेमा सोचिरहनु या कुनै पनि महिलालाई देख्ने बित्तिकै उत्‍तेजित हुनु पनि मानसिक समस्या हो भन्ने चिकित्सकहरू बताउँछन् । एक शोधका अनुसार जो मान्छेले यस मामलामा आफैँले आफैँलाई काबुमा राखेको हुँदैन उसले आफैँलाई नोक्सानी ब्यहोराएर बसिरहेको हुन्छ ।

मनोवैज्ञानिकहरू यस विकृतिलाई एक मानसिक दशाको रूपमा परिभाषित गर्ने गर्छन् । उनीहरू यदि कुनै पनि मान्छे छ महिनासम्म लगातार यौनको बारेमा सोचिरहन्छ भने त्यसलाई यौनको लत या ‘सेक्स एडिक्सन’ मान्ने गरिन्छ ।

यौनको लतले कसरी जीवनलाई प्रभावित गराउन सक्छ वा यसको लक्षण र बच्ने उपाय के हो ?

यौन लतको लक्षण
बारम्बार यौन भिडियो हेर्ने इच्छा हुनु
यौन लतको मुख्य लक्षण भनेको नै बारम्बार यौनजन्य भिडियो हेर्ने कोसिस गर्नु हो । सधैं यौनको बारेमा कुरा खेल्नु र आफूले हेर्ने सामाजिक सञ्जालका सामग्रीहरूमा समेत यौनकै कुरा खेलाउनु पनि यौन लतको कारण हो ।

जो कसैको साथ यौन सम्पर्क राख्ने इच्छा हुनु
यौन लत लागेका मान्छे जोकोहीसँग पनि यौन सम्पर्क राख्ने इच्छा व्यक्त गरिरहेका हुन्छन् । उनीहरूले आफ्नो पार्टनरलाई केवल एक यौनजन्य वस्तुको रूपमा मात्रै देख्ने गर्छ ।

एक्लोपना
यस्ता मान्छेहरू एक्लोपनाको शिकार हुने गर्छन् । यसका अलावा यस्ता मान्छेहरू आफ्नो सारा समय केवल यौनको बारेमा सोचेर नै व्यतित गर्ने गर्छन् ।

हस्‍तमैथुन
हुन त यो प्राकृतिक प्रक्रिया हो । तर यदि कुनै व्यक्तिलाई बारम्बार हस्तमैथुन गर्ने इच्छा हुन्छ भने सम्झिनुहोस् कि तपाईंलाई यौन लत लागिसकेको छ ।

डिप्रेसन, चिन्ता र मदिराको लत
यदि तपाईं यौन सम्बन्धको सुरुवाती समयमा हुनुहुन्छ भने यस कार्यले सायदै तपाईंलाई भित्रैदेखि खुसी महसुस गराउने गर्छ । यस्तो मान्छे मनमनै आफूलाई खाली या दोषी महसुस गर्ने गर्छन् । यस्ता मान्छे सधैं डिप्रेसन, बेचैनी या चिन्ताको शिकार हुने गर्छन् ।

यौनको लतबाट बचने तरिका
यस मामलामा मनोचिकित्‍सकको मद्दत लिन सकिन्छ । यसका अलावा एन्टी-एन्ड्रोजेनिक औषधिहरूले समेत शरीरमा पुरुष हार्मोनको स्तरलाई कम गरेर यौनको इच्‍छालाई कम गर्न मद्दत गर्ने गर्छ ।

प्रकाशित : २०७९ भदौ २९ गते २१:५५

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI