नारायण प्रभु
जेठ- १९
कावासोती वडा नं.२ को आयोजनामा अहिंसात्मक संचार सम्बन्धि परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।वडा नं. २ का नवनिर्वाचित जनप्रतिनिधि , टोल सुधार समितिका प्रतिनिधि तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरुलाई लक्षित गरि कार्यक्रम गरिएको वडाध्यक्ष शिव प्रसाद पाण्डेले जानकारी गराएका छन।कावासोती नगरपालिकाका प्रमुख बिष्णु प्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उप- प्रमुख फुल कुमारी थनेत ,नेपाल बाल संगठन नवलपुर जिल्ला अध्यक्ष बिष्णु देवी पाण्डेको बिशेष आतिथ्यता रहेको थियो।
अहिंसात्मक संचारको ज्ञानले समाजमा निष्पक्ष काम गर्न सहज हुने हुँदा यो अन्तरक्रिया कार्यक्रमले प्रभावकारी भुमिका खेल्ने सहभागीले जनाएका छन।
नेपाल बाल संगठन नवलपुर जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद सदस्य बिष्णु देवि पाण्डेको विशेष पहलमा कावासोती २ ले आयोजना गरेको कार्यक्रमलाई हिमालयन सामुदायिक बिकास मञ्च ( हिकोडेफ) कावासोतीले सहकार्य गरेको छ।गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद सदस्य मणिराम कंडेल र हिकोडेफका निर्देशक कृष्ण घिमिरेले प्रशिक्षकको रुपमा कार्यक्रमलाई सहजीकरण गरेका थिए।कार्यक्रम अत्यन्तै प्रभावकारी भएपनि समय अन्यन्तै छोटो भएको सहभागीको जिज्ञासामा वडाध्यक्ष पाण्डेले आगामी दिनमा यस्ता प्रकारका तालिम तथा प्रशिक्षणहरुलाई आवश्यकता अनुसार थप गर्दै लैजाने प्रतिबद्धता समेत दिएका छन।
Facebook Comment