सुचनाको हक सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

NAWALPUR TIMES

सुचनाको हक सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
IMG 20220418 201532

नवलपुर । सामुदायिक रेडियो मध्यबिन्दु एफ एम को आयोजनामा आज सुचनाको हक सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लामा रहेका सरकारी कार्यालयका सुचना अधिकारी, नगरपालिका र गाउँपालिकाका सुचना अधिकारीहरुका लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो । सुुचनाको पहुचलाई बढाउन र प्रभावकारी सुचना नागरिकले प्राप्त गर्ने बातावरणको सिर्जना गर्न सुचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको सामुदायिक रेडियो मध्यविन्दु एफएमका अध्यक्ष जगननाथ पराजुलीले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले सुचना प्राप्त गर्ने नागरिकको नैसगिक अधिकार रहेको बताउनुभयो । नागरिकको अधिकारले प्रत्याभुत गरेका सुचनाहरुलाई सहज रुपमा उपलब्ध गराउनुपर्ने दायित्व सरकारी निकाय वा सुचना अधिकारीको भएको भन्दै अध्यक्ष शर्माले यसको प्रभावकारीतालाई बढाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिताङ्गत बराल, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका गोकुल पराजुली, सामुदायिक रेडियो मध्यविन्दुका एफएमका कोषाध्यक्ष विष्णु पोख्रेल, एफएमका पूर्व अध्यक्ष बालकृष्ण पौडेल लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा अभिमुखीकरणको प्रशिक्षण सामुदायिक रेडियो मध्यविन्दुका एफएमका महासचिव रमेश बस्ताकोटिले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक रेडियो मध्यविन्दुका एफएम उपाध्यक्ष यमकला बस्यालले गर्नुभएको थियो ! कार्यक्रमको संचालन संचालक समितिका सदस्य आशिष् रेग्मिले गर्नु भएको थियो !

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology