टि-२० विश्वकप छनोटका लागि १४ सदस्यीय टिम घोषणा

NAWALPUR TIMES

टि-२० विश्वकप छनोटका लागि १४ सदस्यीय टिम घोषणा
273551062 688435188827477 2099296178776388670 n

काठमाडौं । नेपाल क्रिकेट संघले टि-२० विश्व्कप क्वालिफायरका लागि १४ सदस्यिय नेपाली टिम घोषणा गरेको छ । प्रशिक्षक र छनोट समितिसँगको परामर्शपछि सन्दिप लामिछानेको कप्तानीमा टिम घोषणा  गरिएको हो ।

हाल ओमान भ्रमणमा रहेको १७ सदस्यिय टिमबाट १४ जना छनोट गर्दै बाँकी ३ खेलाडीलाई रिजर्भमा राखिएको छ । टिममा उपकप्तान कसैलाई तोकिएको छैन ।

अलराउण्डर कुशल मल्ल, स्पिनर सहाब हालम र ब्याट्सम्यान प्रदिप एैरी रिजर्भमा धकेलिएका छन् । उनीहरुले छनोट प्रतियोगिता अघिको चार देशबीचको प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । कमजोर प्रदर्शनका बाबजुद शरद भेषावकर टिममा परेका छन् ।

नेपाली टिमका प्रमुख बलर करण केसी चोटका कारण प्रतियोगिताबाट बाहिर भएका छन् । उनको स्थानमा गुल्शन कुमार झालाई समावेश गरिएको छ ।

यस्तो छ विश्वकप क्वालिफायर खेल्ने नेपाली टिमः

१. सन्दिप लामिछाने
२. शरद भेषावकार
३. ज्ञानेन्द्र मल्ल
४. दिपेन्द्र सिंह ऐरी
५. कुशल भुर्तेल
६. मोहम्मद आरिफ शेख
७. मोहम्मद आसिफ शेख
८. अविनाश बोहरा
९. जितेन्द्र कुमार मुखिया
१०. कमल सिंह ऐरी
११. विवेक कुमार यादव
१२. लोकेश बहादुर बम
१३. सागर ढकाल
१४ गुल्सन कुमार झा.

रिजर्भ
१. कुशल मल्ल
२. सहाब आलम
३. प्रदिप ऐरी

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology