काठमाडौं । ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले केही बेरमा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ ।
नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । अघिल्ला दुई खेलमा पनि टस जितेका नेपालका कप्तान सन्दीप लामिछानेले दुवैमा पहिला बलिङ गर्ने निर्णय लिएका थिए ।
यसअघि पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा शनिबार यूएईसँग २५ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाली बलरहरु जम्न सकेका थिएनन्
आयरल्यान्डविरुद्ध एक विकेट लिए सन्दीप लामिछाने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बन्नेछन् ।
नेपालको प्लेइङ—११
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, कुशल मल्ल, अविनाश बोहरा, जितेन्द्र मुखिया
Facebook Comment