सन्दीपको कप्तानीमा विश्वकप छनोट खेल्ने १६ खेलाडीको घोषणा

NAWALPUR TIMES

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष टिमको घोषणा गरेको छ । क्यानले आज बिहान सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

टोलीमा जितेन्द्र मुखियाले पुनरागमन गर्दा विनोद भण्डारी र सोमपाल कामी बाहिरिएका छन् । खेलाडीहरुमा सन्दीपसँगै कुशल भुर्तेल, आसिफ शेख, पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व उपकप्तान दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शहाब आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम रहेका छन् । विश्वकप छनोटको समूह ए अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुँदैछ । छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्याण्ड र जर्मनी रहेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology