मेसीले जिते कीर्तिमानी सातौंपटक बालोन डी’ओर

NAWALPUR TIMES

मेसीले जिते कीर्तिमानी सातौंपटक बालोन डी’ओर
407 560x280 1

एजेन्सी : अर्जेन्टिनाका फरवार्ड लियानेल मेसीले कीर्तिमानी सातौंपटक बालोन डी’ओर जितेका छन्। सोमबार मध्यराति घोषणा भएको वर्ष २०२१ को बालोन डी’ओर जितेसँगै मेसीले ७ पटक प्रतिष्ठित अवार्ड हात पारेका हुन्।

उनी सर्वाधिक धेरैपटक यो अवार्ड पाउने खेलाडी हुन्। मेसीलाई उनका पूर्वसहकर्मी लुइस सुआरेजले स्टेजमा बधाई दिँदै अवार्ड दिएका थिए।

मेसीले वर्ष २०२१ को बालोन डी’ओर दौडमा प्रतिस्पर्धी रोबर्ट लेवान्डोस्कीलाई पछि पारेका हुन्। भोटिङमा लेवान्डोस्की दोस्रो भएका थिए भने जर्जिन्हो तेस्रो र करिम बेन्जेमा चौथो भए। पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो भने शीर्ष ३ मा अटाएनन्।

मेसीपछि रोनाल्डोले धेरैपटक यो प्रतिष्ठित अवार्ड जितेका छन्। उनले ५ पटक अवार्ड हात पारिसकेका छन्। मेसीले यसअघि सन् २००९, २०१०, २०११, २०१३, २०१५ र २०१९ मा बालोन डी’ओर जितेका थिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology