रोहितको कप्तानीमा न्युजिल्यान्डसँग खेल्दै भारत

NAWALPUR TIMES

रोहितको कप्तानीमा न्युजिल्यान्डसँग खेल्दै भारत
rohit sharma1231637130635

नवलपुर । रोहित शर्माको कप्तानीमा भारतले आज न्युजिल्यान्डविरुद्धको सिरिजअन्तर्गत पहिलो ट्वान्टी–२० खेल खेल्दै छ । हालै विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएको भारत न्युजिल्यान्डविरुद्ध मैदानमा उत्रिन लागेको हो ।

जयपुरमा भारतले विश्वकपमा न्युजिल्यान्डविरुद्ध व्यहोरेको हारको बदला लिने योजना बनाएको छ । विश्वकपको सुपर–१२ मा भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।

पहिलो ट्वान्टी–२० खेल्दा भारत आफ्ना केही मुख्य खेलाडीबिना नै मैदानमा उत्रनेछ । यो खेलका भारतका विराट कोहली, हार्दिक पाड्या र रवीन्द्र जडेजाले  खेल्ने छैनन् । उनीहरूलाई टेस्ट क्रिकेटका लागि विश्राम दिएको बताइएको छ ।

न्युजिल्यान्ड पनि आफ्ना कप्तान केन विलियमसनबिना नै मैदानमा उत्रनेछ । ट्वान्टी–२० विश्वकपको उपविजेता न्युजिल्यान्डले टेस्ट क्रिकेटका लागि विलियमसनलाई विश्राम दिएको हो ।

भारत र न्युजिल्यान्डबीचको दोस्रो ट्वान्टी–२० खेल आउँदो शुक्रबार र तेस्रो खेल आइतबार हुने तालिका छ । दुई टोलीबीचको टेस्ट सिरिज यही नोभेम्बर २५ तारिखबाट सुरु हुनेछ ।

आजको खेल नेपाली समयानुसार साँझ ७ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology