सिके राउतका कार्यकर्ताले खानेपानी संस्थानका प्रमुखलाई अर्धनग्न बनाएर नगर घुमाए

NAWALPUR TIMES

सिके राउतका कार्यकर्ताले खानेपानी संस्थानका प्रमुखलाई अर्धनग्न बनाएर नगर घुमाए
ck Q97MW89y9X

नाला तथा ढल निर्माणमा अनियमितता भएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले नेपाल खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गर्दै जनकपुरधाम नगर घुमाएका छन् । अविरल वर्षातका कारण जनकपुरधाम जलमग्न भएपछि आक्रोशित सिके राउतका कार्यकर्ताले निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका हुन् ।

जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी संस्थानको कार्यालयमा लाठी सहित पुगेका जनमत पार्टीका दर्जनौँ कार्यकर्ताहरुले निमित्त प्रमुख यादवलाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर नगर परिक्रमा गराएका थिए ।​ कार्यकर्ताहरुले निमित्त प्रमुख यादवको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रुपमा दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए । यादवलाई यसरी नगर परिक्रमा गराई रहँदा प्रहरी प्रशासन भने मुकदर्शक बनेको थियो ।

जनमत पार्टीका नेता कार्यकर्ताहरुले  प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह विरुद्ध चर्को नारावाजी समेत गरेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology